गोपनीयता केन्द्र

  • गोपनीयता केन्द्र गृह
  • खोज्नुहोस्
  • गोपनीयतासम्बन्धी विषयहरू
  • गोपनीयतासम्बन्धी थप संसाधनहरू
  • गोपनीयता नीति
  • अन्य नीति र लेखहरू
  • सेटिङ

कुकीसम्बन्धी नीति

कुकीहरू भनेका के हुन् र यो नीतिले के कुरा समेट्छ?
लागू हुने मिति २०२३ डिसेम्बर १२ | प्रिन्ट गर्न मिल्ने संस्करण हेर्नुहोस् | अघिल्ला संस्करणहरू हेर्नुहोस्
कुकीहरू भन्नाले वेब ब्राउजरमा जानकारी भण्डारण गर्नका लागि प्रयोग गरिने पाठको स-साना अंशहरू भन्ने बुझिन्छ। कम्प्युटर, फोन र अन्य यन्त्रहरूमा पहिचानकर्ताहरू र अन्य जानकारी भण्डारण तथा प्राप्त गर्न कुकीहरूको प्रयोग गरिन्छ। तपाईंको वेब ब्राउजर वा यन्त्रमा हामीले भण्डारण गर्ने डेटा, तपाईंको यन्त्र वा अन्य सफ्टवेयरसँग सम्बन्धित पहिचानकर्तालगायतका अन्य प्रविधिहरूको प्रयोग समान उद्देश्यहरूका लागि गरिन्छ। यस नीतिमा, हामी यी सबै प्रविधिहरूलाई "कुकीहरू" को रूपमा उल्लेख गर्छौं।
तपाईंसँग Facebook वा Instagram खाता छ, तपाईं हाम्रा वेबसाइट र एपलगायत Meta का उत्पादनहरू प्रयोग गर्नुहुन्छ वा Meta का उत्पादनहरू प्रयोग गर्ने अन्य वेबसाइट वा एपमा जानुहुन्छ (लाइक गर्ने बटनसहित) भने हामी कुकीहरूको प्रयोग गर्छौँ। तपाईंले दर्ता गरे वा नगरेता पनि वा तपाईं लग इन भए वा नभएता पनि कुकीहरूले Meta लाई तपाईंलाई Meta का उत्पादनहरू पेस गर्न र तपाईंका अन्य वेबसाइट र एपहरूको प्रयोगका बारेमा जानकारीसहित तपाईंका बारेमा प्राप्त गरेको जानकारी बुझ्न दिन्छ।
यो नीतिले हामी कसरी कुकीहरू प्रयोग गर्छौं र तपाईंसँग रहेका विकल्पहरू स्पष्ट पार्दछ। यस नीतिमा अन्यथा उल्लेख भएकोमा बाहेक, गोपनीयता नीति हामीले कुकीहरू मार्फत सङ्कलन गर्ने डेटाको हाम्रो प्रशोधनमा लागू हुनेछ।
हामी किन कुकीहरू प्रयोग गर्छौं?
कुकीहरूले हामीलाई Meta का उत्पादनहरू प्रदान गर्न, सुरक्षित गर्न रसुधार गर्नका लागि, जस्तै सामग्रीहरूलाई व्यक्तिगतकरण गरेर, विज्ञापन अनुकूलन र मापन गरेर तथा सुरक्षित अनुभव प्रदान गरेरमद्दत गर्छन्। हामीले प्रयोग गर्ने कुकीहरूमा सत्र कुकीहरू समावेश छन्, जुन तपाईंले आफ्नो ब्राउजर बन्द गर्दा मेटिन्छन् , साथै निरन्तर कुकीहरू पनि समावेश छन्, जुन जबसम्म तिनीहरूको म्याद समाप्त हुँदैन वा तपाईंले तिनीहरूलाई मेटाउनुहुन्न तबसम्म तपाईंको ब्राउजरमा रहन्छन् । हामीले Meta का उत्पादनहरू सुधार गर्ने र अपडेट गर्ने क्रममा हामीले प्रयोग गर्ने कुकी र त्यसको तरिका समयअनुसार परिवर्तन हुन सक्छ, हामी ती कुकीहरू प्रायजसो निम्न प्रयोजनका लागि प्रयोग गर्छौँ:
प्रमाणीकरण

सुरक्षा, साइट र उत्पादन अखण्डता

विज्ञापन, सिफारिसहरू, अन्तर्दृष्टि र मापन

साइटका सुविधाहरू र सेवाहरू

कार्यसम्पादन

विश्लेषण र अनुसन्धान

तेस्रो पक्षीय वेबसाइट र एपहरू
हामी कुकीहरू कहाँ प्रयोग गर्छौं?
हामी तपाईंको कम्प्युटर वा यन्त्रमा कुकीहरू राख्न सक्छौँ र तपाईंले निम्नको प्रयोग गर्दा वा निम्नमा जाँदा कुकीहरूमा भण्डार गरिएको जानकारी प्राप्त गर्न सक्छौँ:
  • Meta का उत्पादन;
  • Meta का कम्पनीहरु का अन्य सदस्यहरूद्वारा उपलब्ध गराइएका उत्पादनहरू; र
  • Meta का उत्पादनहरू प्रयोग गर्ने अन्य कम्पनीहरूद्वारा प्रदान गरिएका वेबसाइटहरू र एपहरू, जसमा तिनीहरूका वेबसाइटहरू र एपहरूमा Meta का प्रविधिहरू समावेश गर्ने कम्पनीहरू पनि समावेश छन्। तपाईं ती साइट र एपहरूमा गएका बेला Meta कुकीहरू प्रयोग गर्छ र डिभाइसको जानकारी र तपाईंको क्रियाकलापसम्बन्धी जानकारीलगायतका जानकारी प्राप्त गर्छ र तपाईंले थप कारबाही गर्नु पर्दैन। तपाईंसँग Facebook वा Instagram खाता भए वा नभए पनि वा तपाईं Facebook मा लग इन गर्नु भए वा नभए पनि यसो हुन्छ।
अन्य कम्पनीहरूले Meta का उत्पादनहरूका सम्बन्धमा कुकीहरू प्रयोग गर्छन्?
हो, अन्य कम्पनीहरूले हामीलाई विज्ञापन, मापन, मार्केटिङ र विश्लेषणसम्बन्धी सेवाहरू प्रदान गर्न, निश्चित सुविधाहरू प्रदान गर्न र तपाईंको लागि हाम्रा सेवाहरू सुधार गर्न Meta का उत्पादनहरूमा कुकीहरूको प्रयोग गर्छन्।
उदाहरणका लागि, अन्य कम्पनीका कुकीहरूले Meta का उत्पादनहरू बाहिर विज्ञापनहरू अनुकूलन गर्न, तिनीहरूको कार्यसम्पादन र प्रभावकारिता मापन गर्न र मार्केटिङ र विश्लेषणलाई समर्थन गर्न मद्दत गर्दछन्। केही निश्चित सुविधाहरूले Meta का उत्पादनहरूमा काम गर्न अन्य कम्पनीहरूका कुकीहरू प्रयोग गर्दछन्, उदाहरणका लागि, केही निश्चित नक्सा, भुक्तानी र सुरक्षा सुविधाहरू। Meta का उत्पादनहरूमा कुकीहरूको प्रयोग गर्ने कम्पनीहरूका बारेमा थप जान्नुहोस्।
तेस्रो पक्ष कम्पनीहरूले पनि Meta का उत्पादनहरूको सम्बन्धमा आफ्नै साइटहरू र एपहरूमा कुकीहरूको प्रयोग गर्छन्। अन्य कम्पनीहरूले कुकीहरू कसरी प्रयोग गर्छन् भनेर बुझ्न, कृपया तिनीहरूका नीतिहरूको समीक्षा गर्नुहोस्।
तपाईंले आफ्नो जानकारी कसरी नियन्त्रण गर्न सक्नुहुन्छ?
हामी सामग्री र सेवाहरूलाई व्यक्तिगतकरण गर्न र सुधार गर्न, सुरक्षित अनुभव प्रदान गर्न र Meta उत्पादनहरूमा समय समयमातपाईंलाई उपयोगी र सान्दर्भिक विज्ञापनहरू देखाउन कुकीहरू प्रयोग गर्छौं। तपाईंले तल वर्णन गरिएका उपकरणहरू प्रयोग गरेर हामीले तपाईंलाई विज्ञापनहरू र थप कुराहरु देखाउनको लागि कसरी डेटा प्रयोग गर्छौं भन्ने कुरा नियन्त्रण गर्न सक्नुहुन्छ।
तपाईंसँग Facebook को खाता छ भने

तपाईंसँग Instagram खाता छ भने

सबै जना

अनलाइन विज्ञापनबारे थप जानकारी

ब्राउजर कुकीको नियन्त्रणहरु